Skip to content

अनलाइनबाट जुवा खेलाउने, धम्क्याउने गरेको आरोपमा चिनियाँ नागरिकसहित ३७ जना पक्राउ

कालोपाटी

४ वर्ष अगाडि

काठमाडौं । अनलाइनबाट जुवा खेलाउने, धम्क्याउने गरेको आरोपमा चिनियाँ नागरिकसहित ३७ जना पक्राउ परेका छन् । काठमाडौं प्रहरी परिसरको टोलीले सोमबार राति उनीहरूलाई मध्यबानेश्वर क्षेत्रबाट पक्राउ गरेको हो ।

पक्राउ परेका सबैलाई प्रहरी वृत्त नयाँ बानेश्वरमा राखिएको छ । थप अनुसन्धान सुरु गरिएको काठमाडौं प्रहरी परिसरका एसपी दीनेशराज मैनालीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्