सुनसरी । सुनसरीको कोसी–८ भण्टाबारीमा गए राति ट्रकको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ६० वर्षीय भरत सहनी रहेका छन् ।
प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीका अनुसार पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्र२–०३–००१ख २५०५ नंको ट्रकले सोही दिशाबाट आउँदै गरेका साइकलयात्रीलाई ठक्कर दिएका थियो । गम्भीर घाइते सहनीको उपचारका क्रममा जिल्ला अस्पताल इनरुवामा मृत्यु भएको कार्कीले जानकारी दिए । ट्रक चालक सर्लाहीको परवानीपुरका ५४ वर्षीय लासादोर्जे जिम्बालाई प्रहरीले नियन्त्रणमा लिएको छ । –रासस
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्