काठमाडौं । नेपालमा थप २ सय ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ५ हजार ४ सय ५२ पिसिआर परिक्षणका क्रममा १ सय ५८ जना र ३ हजार १ सय ७६ एन्टीजेन परिक्षणका क्रममा १ सय १७ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
त्यस्तै कोरोनाका कारण थप १ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोनाका कारण ११ हजार ९ सय ३२ जनाको मृत्यु भएको छ । त्यस्तै थप ५ सय ५५ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ५५ हजार ४ सय ५८ संक्रमित निको भएका छन् । हाल नेपालमा ९ हजार २ सय ८० सक्रिय संक्रमित आइशालेशन र १ सय ६ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्