महेन्द्रनगर । महाशिवरात्रि तथा सेना दिवसका अवसरमा कञ्चनपुरको महेन्द्रनगरमा आजदेखि पुरुष सिनियर डबल्स ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ ।
यहाँस्थित नेपाली सेनाको श्री नं २५ बाहिनी अड्डा, भगतपुर ब्यारेकको आयोजना तथा कञ्चनपुर जिल्ला ब्याडमिन्टन सङ्घको संयोजनमा सुरु भएको प्रतियोगितामा जिल्लाभरका २८ समूह सहभागी छन् । प्रतियोगिताको एक कार्यक्रमकाबीच प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डेले उद्घाटन गर्नुभयो । सेना–नागरिक सम्बन्ध सुदृढीकरण गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताउँदै सेनाले यहाँ स्वास्थ्य शिविर, मैत्री फुटबललगायतका कार्यक्रम आयोजना गरेको छ ।
यही फागुन १७ गते सेना दिवसका दिन समापन गरिने प्रतियोगिताका विजयी खेलाडीलाई प्रमाणपत्र, मेडल र ट्रफीसहित पुरस्कृत गरिने सेनाले जनाएको छ । –रासस
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्