काठमाडौं नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले एमसीसीमा व्याख्यात्मक घोषणाको कुनै कानूनी अर्थ नरहेको बताएका छन् ।
आइतबार प्रतिनिधिसभाको बैठकमा अमेरिकी सहयोग परियोजना एमसीसीमाथिको छलफलमा भाग लिँदै खनालले व्याख्यात्मक घोषणा अमेरिकाले स्वीकार गर्ने कुराको समेत कुनै ग्यारेन्टी नरहेको र यसको कुनै कानूनी अर्थ नरहेको बताएका हुन् ।
खनालले सम्झौताको सम्पूर्ण बुँदामाथि सार्वभौम संसद्मा छलफल गर्ने वातावरण नबनाइ पारित गर्न खोज्नु आपत्तिजनक रहेको समेत उल्लेख गरे । सन्धि र सम्झौता सबै सांसदहरुले पढ्न र छलफल गर्न पाउनेपर्ने भन्दै उनले एमसीसीका हेरक सम्झौता सांसदहरुलाई बितरण गर्नुपर्ने धारणा राखे । खनालले नेपाललाई प्राप्त हुने सहयोगको बिपक्षमा आफुहरु नरहेको स्पष्ट पार्दै कुनै देशको सहयोगले नेपालको राष्ट्रहितलाई खलल पार्न नहुने तर्क गरे ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्