काठमाडौं । नेपालमा थप १ सय २६ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । देशभर गरिएको ७ हजार ९१ पिसिआर परिक्षणका क्रममा १ सय ११ जना र १ हजार ८ सय ४२ एन्टीजेन परिक्षणका क्रममा १५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै कोरोनाका कारण थप १ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोनाका कारण ११ हजार ९ सय ४५ जनाको मृत्यु भएको छ ।
त्यस्तै थप ३ सय ८५ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ५८ हजार १ सय ९३ जना निको भएका छन् । हाल नेपालमा ७ हजार २ सय ४२ सक्रिय संक्रमित आइशोलेशन र १०६ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्