लमजुङ । लमजुङमा घरेलु हिंसा न्यूनीकरणका लागि स्थानीय सरकारदेखि प्रहरीले विभिन्न माध्यमबाट प्रयास गर्दै आएतापनि यसमा कुनै कमी आउन सकेको देखिँदैन । गरिबी तथा अशिक्षा, चेतनाको कमी र बेरोजगार, मादक पदार्थ सेवन लगायतका कारण जिल्लामा घरेलु हिंसा बढ्दै गएको पाइन्छ । चालु आर्थिक वर्ष २०७८-७९ को साउनदेखि फागुन महिनाको २३ गतेसम्म ३३ वटा घरेलु हिंसाका मुद्दा प्रहरीमा दर्ता भएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक जनकराज रेग्मीले बताए । उनका अनुसार ती उजुरी परेकोमध्ये २६ वटा मिलापत्रमै सीमित भएका छन् । चारवटा अदालती प्रक्रियामा गएको छ भने तीनवटाको काम भइरहेको छ ।
त्यस्तै, गत आर्थिक वर्ष २०७७- ७८ मा ९२ वटा घरेलु हिंसासम्बन्धी उजुरी परेको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ । प्रहरीका अनुसार ६० वटा मुद्दा मिलापत्र भएको थियो भने २३ वटाको अदालती प्रक्रिया र आठवटाको काम भइरहेको छ । आर्थिक वर्ष २०७६-७७ मा कार्यालयमा घरेलु हिंसासम्बन्धी ६१ वटा उजुरी परेका थिए । यसमध्ये ४५ मिलापत्र, ६ अदालती प्रक्रियामा गएको र १० वटाको काम भइरहेको प्रहरीले जनाएको छ । त्यस्तै, आर्थिक वर्ष २०७५-७६ मा घरेलु हिंसासम्बन्धी १२ वटा निवेदन परेको थियो । सो निवेदनमध्ये नौ मिलापत्र भएको र तीनवटाको काम भइरहेको छ । त्यस्तै, आर्थिक वर्ष २०७४-७५ मा ७९ वटा उजुरी परेको थियो । तीमध्ये ४५ वटा मिलापत्र भइसकेको छ । १२ वटा अदालती प्रक्रियामा गएको र २२ वटाको काम भइरहेको बताइएको छ ।
त्यस्तै, यस चालु आवको साउनदेखि हालसम्म प्रहरी कार्यालयमा १५ वटा ठाडो उजुरी परेको छ । तीमध्ये १३ वटा मिलापत्र भएको, दुईवटाको काम भइरहेको छ । त्यस्तै, गत आर्थिक वर्ष २०७७-७८ मा २९ वटा ठाडो उजुरी प्रहरीमा परेको प्रहरी निरीक्षक रेग्मीको भनाइ छ । उनले भने , “ती उजुरीमध्ये २१ वटा उजुरी मिलापत्र गरेको, दुईवटा अदालती प्रक्रियामा गएको र ६ वटाको काम भइरहेको छ ।” आव २०७६-७७ मा कार्यालयमा १८ वटा ठाडो उजुरी परेकामा ११ मिलापत्र भएको, एक अदालती प्रक्रियामा गएको र ६ वटाको काम भइरहेको छ । २०७५-७६ मा सबैभन्दा धेरै १२६ वटा ठाडो उजुरीका निवेदन परेकामा ९१ मिलापत्र, २३ अदालती प्रक्रियामा र १२ वटाको काम भइरहेको प्रहरीले जनाएको छ । जिल्लामा घरेलु हिंसा न्यूनीकरण गर्न विभिन्न सचेतना कार्यक्रम, नाटक, पोष्टर वितरण लगायतका क्रियाकलाप गर्दै आए तापनि घरेलु हिंसामा कमी आउन नसकेको प्रहरी निरीक्षक रेग्मीले बताए
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्