सिन्धुपाल्चोक । सिन्धुपाल्चोकका स्थानिय युवा एवं सिभिल इन्जिनियर ध्रुब राज घिमिरेले जिल्लाको जुगल गाउँपालिकाबाट आसन्न बैशाख ३० गतेको स्थानिय निर्वाचनमा अध्यक्ष पदमा उमेद्वारी घोषणा गरेका छन । ‘आधारभुत काम गरौ पार्टीभन्दा माथि जुगलवासी’ भन्ने मुल नाराका साथ आईतवार एक बिग्यप्ती जारी गर्दै घिमिरेले अध्यक्ष पदमा आफ्नो दाबेदारी प्रस्तुत गरेका हुन ।
स्थानिय युवामाझ लोकप्रिय छवी बनाएका घिमिरे जुगल गाउँपालिकाकै पहिलो सिभिल इन्जिनियर पनि हुन । उनिसँग देशका बिभिन्न जिल्लाहरु दर्चुला, ताप्लेजुङ, दैलेख, दोलखा, नुवाकोट लगायतका ठाउँहरुमा विगत १० बर्षदेखी सिभिल इन्जिनियर र प्रोजेक्ट मेनेजरको रुपमा कार्य सम्पादन गरेको अनुभव छ । घिमिरेले जुगल गाउँपालिकाकै रत्न राज्य मा।वि।मा केही समय अध्यापन समेत गरेका थिए ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्