डडेल्धुरा । यहाँ गोली लागेर एक जनाको मृत्यु भएको छ । मङ्गलबार राति गन्यापधुरा गाउँपालिका–५ स्थित पटौरा सामुदायिक वनमा जङ्गली जनावर मार्नका लागि भरुवा बन्दुकको पासो थापेका गन्यापधुरा–४ का ४५ वर्षीय दलबहादुर पानलाई सोही बन्दुकको गोली लाग्दा मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार दलबहादुरको डडेल्धुरा अस्पताल लैजाँदै गर्दा बाटामा नै मृत्यु भएको हो । मृत्तकको शव अस्पतालमा राखिएको बताइएको छ । त्यस्तै घटनामा संलग्न रहेको हुनसक्ने भन्दै प्रहरीले अन्य चार जनालाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । नियन्त्रणमा लिइएकाको परिचय भने प्रहरीले खुलाएको छैन ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्