सोलुखुम्बु । सगरमाथाको शिखरमा जाने बाटो निर्माणका लागि आठ जना आइसफल चिकित्सक टोली आधार शिविर पुगेको छ । लामो समयदेखि बाटो निर्माणमा सक्रिय आइसफल चिकित्सक आङसर्की शेर्पाको नेतृत्वमा गएको टोली आधार शिविर पुगेको हो ।
गत फागुन २८ गते उक्त टोली नाम्चेबाट आधार शिविरतर्फ लागेको सगरमाथा प्रदूषण नियन्त्रण समिति एसपीसीसीका उपाध्यक्ष लामाकाजी शेर्पाले जानकारी दिए । टोलीले पाङबोचे गुम्बामा पूजा गरेर लामालाई साइत हेराएपछि काम सुरु गर्ने छ । “अहिले टोली आधार शिविरमा बसेको छ”, उनले भने , “विगतझैँ यस वर्ष पनि साइतअनुसार काम सुरु हुन्छ ।”
आइसफल चिकित्सकले सगरमाथाको आधार शिविरदेखि दोस्रो शिविरसम्मको बाटो बनाउने काम गर्छन् । भयाङ राख्नेदेखि डोरी टाग्नेलगायत काम उनीहरुले गर्नेछन् । आधार शिविरबाट विश्वको सर्वोच्च शिखर सगरमाथा, ल्होत्से र नुप्त्से हिमाल आरोहण गरिन्छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्