बागलुङ । बागलुङ जिल्लाको काठेखोला गाउँपालिका–७ रेशका दुई किशोर दुई दिनदेखि परिवारको सम्पर्कमा आएका छैनन् । चैत ६ गते आइतबार बिहान १० बजेदेखि रेशनुन्थलाका रामबहादुर थापाका १५ वर्षीय छोरा विष्णु थापा र सोही स्थानका उनका साथी लोर्के थापाका १६ वर्षीय छोरा आशिष थापा बेपत्ता भएका हुन् ।
बेपत्ता भएका दुई बालक रेशनुन्थला माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्ययनरत रहेको विद्यालयका प्रधानाध्यापक ओमबहादुर थापाले जानकारी दिए । आइतबार बिहान घरबाट विद्यालय हिँडेका किशोर विद्यालय नपुगी सम्पर्कविहीन भएको पाइएको छ । ती किशोरलाई कसैले देखेमा नजिकैको प्रहरी कार्यालय अथवा अभिभावकसँग सम्पर्क गर्न आफन्तले अनुरोध गरेका छन् ।
परिवारले किशोरहरुलाई खोजीदिनका लागि जिल्ला प्रहरी कार्यालय बागलुङमा जानकारी गराएपछि सबै प्रहरी एकाइलाई सो विवरण पठाइएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक विजय भण्डारीले जानकारी दिए । –रासस
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्