जनकपुर । मधेस प्रदेशको प्रदेशसभाको बैठक आज बस्न लागेको छ । प्रदेशसभा सचिवालयका अनुसार आज अपराह्न २ बजे बस्ने प्रदेशसभाको बैठकमा प्रदेश सरकारले कृषि विश्वविद्यालय तथा प्राविधिक शिक्षा विश्वविद्यालयसम्बन्धी प्रतिस्थापन विधेयक प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको प्रदेशसभा सचिवालयका सचिव रञ्जीतकुमार यादवले जानकारी दिए ।
यस्तै अघिल्लो बैठकमा प्रदेश सरकारद्वारा प्रस्तुत प्रदेश प्रहरी ऐन कार्यान्वयनसम्बन्धी सङ्कल्प प्रस्तावमाथि समेत छलफल हुने कार्यसूची रहेको सचिव यादवले बताए । यसअघि फागुन १ गते आह्वान गरेको प्रदेशसभाको बैठक विशेष कारण जनाउँदै प्रदेशसभा सचिवालयले पटक–पटक गरी चारपटक स्थगन गरेको थियो । –रासस
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल

प्रतिक्रिया दिनुहोस्