काठमाडौं । कोका- कोला नेपालले नयाँ उत्पादन फ्यान्टा एप्पल नेपाली बजारमा ल्याएको छ । अब उपभोक्ताले यो क्रिस्प स्पार्कलिङ पेय पदार्थको साथमा हरेक पल रिफ्रेस अनुभव गर्न सक्ने कम्पनीको भनाइ छ ।
योसँगै नेपालमा अब फ्यान्टाको अरेन्ज र एप्पल गरी दुई वटा फ्लेभर उपलब्ध हुनेछ । फ्यान्टा एप्पल २५० र ५०० एमएलको प्याकमा नेपालभर उपलब्ध रहेको कम्पनीले जनाएको छ। नयाँ फ्यान्टा एप्पलले ताजगी र स्फुर्ती ल्याउन सहयोग गर्ने कोका–कोला नेपालका कन्ट्री डाइरेक्टर आदर्श अवस्थीले बताए । उनले भने ‘उपभोक्ताको स्वाद र रोजाइअनुसार रिफ्रेस रहनका लागि थप विकल्पहरू दिन प्रयासरत छौँ ।’
नयाँ स्वादसँगै फ्यान्टाले मार्केटिङ अभियानका लागि डिजिटल भिडियो पनि सार्वजनिक गरेको छ, जसले उपभोक्ताको जीवनमा रमाइलो र उत्साह थप्ने कम्पनीको उद्देश्यलाई प्रतिविम्बित गर्दछ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल

प्रतिक्रिया दिनुहोस्