काठमाडौं । बैंकिङ कसूर मुद्दामा एकजना फरार अभियुक्तलाई प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो सीआईबीको टोलीले पक्राउ गरेको छ । स्याङ्जाको आँधसखोला गाउँपालिका(४ घर भई काठमाडौं महानगरपालिका(२६ सामाखुसी बस्दै आएका ५२ वर्षीय काजी गुरुङलाई सोमबार सीआईबीको टोलीले पक्राउ गरेको हो ।
एभरेष्ट बैंक लिमिटेड गोंगबु, काठमाडौंमा रहेको निजको नामको खाताबाट रकम भुक्तान हुने भनी उक्त बैंक खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी(जानी पीडितलाई झुक्याएर दिएको चेकको रकम भुक्तान हुन नसकेको ठहरमा उजुरी परेपछि मुद्दा चलाइएको थियो ।
उनलाई उच्च अदालत पाटनले बैंकिङ कसूरमा दोषी ठहर गर्दै ६ दिन कैद सजाय र ४० लाख रुपैयाँ जरिवाना गर्ने फैसला सुनाएको थियो ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल

प्रतिक्रिया दिनुहोस्