काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक परिवर्तन उल्ट्यान खोज्नेहरुका विरुद्धमा सम्पूर्ण जनता एकजुट हुने प्रक्रिया अघि बढेको बताएका छन् । शुक्रवार विभिन्न पार्टी परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गर्नेहरुलाई पार्टी केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रमकाबिच स्वागत गर्दै अध्यक्ष दाहालले राजनीतिक परिवर्तनलाई उल्ट्याउन खोज्नेहरुका विरुद्धमा देशभरका सम्पूर्ण जनता एकजुट हुने प्रक्रिया अघि बढेको बताएका हुन् ।
गत वर्ष गणतन्त्र नै उल्ट्याउने षड्यन्त्र भएको भन्दै उनले माओवादीले लडेर स्थापित गरेको अधिकार र पहिचानलाई उल्ट्याउन नदिने बताए । उनले देशलाई सामाजिक न्याय सहितको समतामुलक बनाउने अभियान माओवादीको रहेको पनि बताए ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
मेरो एउटा कुरा छ
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल

प्रतिक्रिया दिनुहोस्