Skip to content

नयाँ वर्षमा सर्वोत्तम सिमेन्टकोले सुरु गर्यो ‘मिस्टर ह्याप्पी टुर’

कालोपाटी

४ वर्ष अगाडि

काठमाडौं । सर्वोत्तम सिमेन्टले नयाँ वर्ष २०७९ को उपलक्ष्यमा हास्य कलाकार र टेलिभिजन प्रस्तोता सन्दीप छेत्रीलाई साथमा लिएर यतिबेला नयाँ वर्षको शुभकामना आदानप्रदानका साथै आफ्ना उत्पादनका बिक्रेताहरुलाई सहयात्रीस्वरुप विभिन्न उपहार वितरण गर्दै आएको छ । यसका लागि कम्पनीले विशुद्ध एवं स्वच्छ मनोरञ्जनात्मक कार्यक्रम ‘मिस्टर ह्याप्पी टुर २०७९’ सञ्चालन गर्दै साताव्यापी दौडाहमा सुरु गरेको हो ।

आफ्नै चुनढुंगा खानीको चुनढुंगा प्रयोग गर्दै प्राकृतिक वातावरणमा विशेष ध्यान पुर्याउँदै स्वउत्पादित विद्युत स्रोतको प्रयोग गरी ४३ ग्रेड र ५३ ग्रेडका सिमेन्ट उत्पादन तथा वितरण गर्दै आएको संस्थाले प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा लाखौँका लागि रोजगारी सिर्जनासमेत गर्दै आएको छ। सिमेन्ट उत्पादन प्रविधिमा देशमै पहिलोपटक भर्टिकल रोलर मेसिन भीआरएम प्रविधिको प्रवेश गराउने सर्वोत्तम सिमेन्ट पहिलो कम्पनी हो । सिमेन्टको उत्पादन तथा प्रयोग आमनेपालीले  जरुरी रहेको यर्थाथलाई मध्यनजर गर्दै कम्पनीले सामाजिक सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने क्रममा ‘मिस्टर ह्याप्पी टुर’ सञ्चालन गरेर आफ्नो उत्पादनका बारेमा बिक्रेता तथा आमग्राहकको रायसुझाव संकलन कार्य गरिरहेको छ ।

गत वैशाख ३ गते शनिबारका दिन पोखराका चिप्लेढुंगाबाट सुरु भएको यो टुर कार्यक्रम भैरहवाको बुद्धचोक, परासीको परासी बजार, चितवनको नारायणीतिर, वीरगन्जको सहिद पार्क, घन्टाघर, गौरको बीपी चोकहुँदै भोलि शुक्रबार साँझ ५ बजे मिथिला नगरी जनकपुरको जानकी मन्दिर प्राँगणमा सञ्चालन हुँदै सम्पन्न हुनेछ ।

प्रतिक्रिया दिनुहोस्