काठमाडौँ । गृह मन्त्रालयले किराँत जनवादी वर्कर्स पार्टीका नेता कार्यकर्ता रिहाइ र मुद्दा फिर्ता प्रक्रिया सुरु गरेका छन् । उक्त पार्टीले पक्राउ परेका नेता कार्यकर्ताको रिहाइ र लगाइएका मुद्दा फिर्ता प्रक्रिया सुरु गरेमा राष्ट्रिय राजनीतिको मूल प्रवाहमा आउने र स्थानीय निर्वाचनमा भाग लिने बताएपछि सो पार्टीका नेता कार्यकर्ताको रिहाइ र कानुनअनुरुप फिर्ता लिन मिल्ने मुद्दा फिर्ता लिने प्रक्रिया सुरु गरिएको हो ।
मन्त्रालयका प्रवक्ता तथा शान्ति सुरक्षा महाशाखा प्रमुख फणीन्द्रमणि पोखरेलले किराँत जनवादी वर्कर्स पार्टीका नेता कार्यकर्ता रिहाइ र मुद्दा फिर्ताको आवश्यक प्रक्रिया थालिएको जानकारी दिए । उक्त पार्टी र मूलधारको राजनीतिभन्दा बाहिर रहेका शक्तिबीच वार्ता गर्न गठित प्रारम्भिक वार्ता उपसमितिबीच २०७१ साउन ११ गते वार्ता सम्पन्न भएका थिए ।
त्यही सहमतिको जगमा विभिन्न समयमा भएका अनौपचारिक वार्तापछि अहिले विभिन्न आरोपमा थुनामा रहेका नेता कार्यकर्तामाथि लगाइएका मुद्दा फिर्ता लिएमा मूलधारको राजनीतिमा आउने र निर्वाचनमा सहभागी हुने प्रतिबद्धता आएपछि सरकारले आवश्यक तयारी थालेको हो । उसले पूर्वी नेपालमा आफ्ना क्रियाकलाप गर्दै आएको छ । –रासस
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्