काठमाडौं । वरिष्ठ कलाकार मदनदास श्रेष्ठले राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट काठमाडौं महानगरपालिकाको मयेर पदमा उम्मेदवारी दिएका छन् । सोमबार राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता, कार्यकर्तासहित राष्ट्रियसभा गृहस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर वरिष्ठ कलाकार श्रेष्ठले मेयर पदमा उम्मेदवारी दिएका हुन् ।
उम्मेदवारी दिएलगत्तै सञ्चारकर्मीमाझ उहाँले महानगरबासीले आफूलाई विजयी गराउने विश्वास व्यक्त गरे । वरिष्ठ कलाकार श्रेष्ठले आफू विजयी भएमा अव्यवस्थित रुपमा रहेको काठमाडौं नगरलाई व्यवस्थित बनाउने, ज्येष्ठ नागरिकहरुका लागि सबै वडाहरुमा ज्येष्ठ नागरिक बाटिका, बालबालिकाहरुलाई खेल्नका लागि उपयुक्त हुने खालका बाल बाटिका र युवाहरुलाई रोजगारीको अवसर सृजना गर्ने प्रतिवद्धता व्यक्त गरे ।
उनले आफ्नो पार्टीले भ्रष्टाचार गर्नु आमाको रगत खानु सरह रहेको मान्यता लिएको र त्यसलाई आफूले शिरोधार्य गर्दै महानगरपालिकालाई भ्रष्टाचार मुक्त गराउन पनि आफू विजयी भएमा लागिपर्ने संकल्प गरे । राष्ट्रिय प्रजातन्त्र पार्टीले काठमाडौं महानगरपालिकाको उपमेयरमा भने विनिता मगैयालाई उम्मेदवार बनाएको छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्