काठमाडौं । नेपाली पत्रकारहरुको अन्तर्राष्ट्रिय संस्था इन्जाले त्रिवि शिक्षण अस्पतालमा रहेको मनमोहन कार्डियोथोराशिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत राष्ट्रिय समाचार समिति राससका उपप्रमुख समाचारदाता नारायण न्यौपानेलाई रु एक लाख सहयोग गरेको छ ।
इन्जा एसियाका उपाध्यक्षसमेत रहेका पत्रकार न्यौपानेलाई उक्त रकम इन्जा ग्लोबलका सचिव दीपक रिजालले आज हस्तान्तरण गरेका हुन् । स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि गत बुधबार भर्ना भएका पत्रकार न्यौपानेको मुटुको शल्यक्रिया गरिएको थियो । इन्जाले विपद्मा परेका पत्रकारहरुलाई निरन्तर सहयोग गर्दै आएको इन्जा ग्लोबलका अध्यक्ष गुणराज लुइँटेलले बताए । –रासस
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्