काठमाडौं । नेपाली काँग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले एमाले नेता केशव स्थापितलाई मेयरमा जित्छु भन्ने सपना नदेख्न आग्रह गरेका छन् । बिहीवार काठमाडौंको मेयरमा उम्मेदवार दिएकी सिर्जना सिंहको प्रतिवद्धतापत्र सर्वाजनिक कार्यक्रममा बोल्दै प्रवक्ता महतले यस्तो बताएका हुन् ।
उनले काठमाडौं महानगरपालिकाको मेयरका लागि उम्मेदवार दर्ता गराएका नेकपा एमालेका नेता केशव स्थापितलाई फेरि काठमाडौंको मेयरमा फर्किन्छु भन्ने सपना नदेख्न आग्रह गरे । उनले वागमतीको पानी धेरै बगिसकेको भन्दै अब फेरि त्यो पानी फर्किननसक्ने जिकिर गरे । प्रवक्ता महतले केशव स्थापितले चुनाव नजित्ने दाबी गरे । उनले नेताहरुले राजनीतिलाई मनोरञ्जनमय बनाएको आरोप लगाए ।
प्रवक्ता महतले नेपाली काँग्रेसप्रति नेकपा एमालेका अध्यक्ष ओलीले विभिन्न आरोप लगाएको र निर्वाचन आयोगले जारी गरेको आचारसंहीताको धज्जी उडाएको आरोप लगाए।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्