Skip to content

काठमाडौंमा आइतबारबाट मेलम्चीको १७ करोड लिटर पानी वितरण गरिने, १ लाख ७५ हजार धारामा पानी पुग्ने

कालोपाटी

४ वर्ष अगाडि

काठमाडौं । काठमाडौंमा आइतबार (आज) बाट मेलम्चीको १७ करोड लिटर पानी वितरण हुने भएको छ । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले मेलम्चीको १७ करोड लिटर पानी वितरण गर्न लागेको हो ।

गत वैशाख ११ गते काठमाडौंको मिनभवनबाट मेलम्चीको पानी वितरण थालिएको थियो । अब भने ९ वटा भण्डारण केन्द्रबाट १ लाख ७५ हजार धारामा पानी पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस्