काठमाडौं । नेपाल पुलिस क्लब छैटौँ संस्करणको जारी राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल लिग प्रतियोगिताको आजको खेलमा महिलातर्फ विजयी भएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् राखेपको कभर्डहलमा आज भएको खेलमा पुलिसले एभरेस्ट भलिबल क्लबलाई ३–० को सेटमा हराउँदै विजयी भएको हो ।
पुलिसले एभरेस्टमाथि २५–१८,२५–१९ र २५–१४ को सेटमा जित निकालेको थियो । जितसँगै पुलिसले दुई खेलमा छ अङ्क जोडेको छ । पुलिस अङ्क तालिकाको शीर्ष स्थानमा छ । महिलातर्फ त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, एपीएफ क्लब, न्यू डायमण्ड र एभरेस्ट भलिबल क्बल सहभागी छन् । –रासस
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्