बैशाख । नेपाली कांग्रेसका महामन्त्री गगन थापा भरतपुरमा सत्ता गठबन्धनले आयोजना गर्ने चुनावी सभामा सहभागी नहुने भएका छन् । गठबन्धनको स्थानीय चुनावी संयन्त्रले थापाको समेत तस्बिर राखेर प्रचार सामग्री बनाए पनि पूर्वनिर्धारित कार्यक्रमहरूमा व्यस्त रहेका कारण नजाने भएका हुन् । थापा भरतपुर जाने निधो नभए पनि गठबन्धनको स्थानीय संयन्त्रले थापा आउने भनी प्रचार गरेको थियो ।
कांग्रेसले निर्धारण गरेको केन्द्रीय चुनावी सभाको तालिकामा पनि भरतपुरको सभामा सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र सहमहामन्त्री डिना उपाध्याय सहभागि हुने उल्लेख छ । महामन्त्री थापा भने आफ्नै निर्वाचन क्षेत्रमा रहेको बूढानीलकण्ठ नगरपालिकाको घरदैलोमा व्यस्त छन् ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्