कालीकोट । आसन्न स्थानीय तह निर्वाचनका लागि कालीकोटमा ९१ हजार मतपत्र सहित आवश्यक निर्वाचन सामग्री आइपुगेको छ । जिल्ला आइपुगेका सामग्री मतदान केन्द्र तथा मतदान स्थलमा पु¥याउने काम सुरु भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायधीश लालकाजी श्रेष्ठले आवश्यक मतपत्र सहित अन्य सामग्री जिल्ला आइपुगेको जानकारी दिए ।
जिल्लाका नौ स्थानीय तहमा पुरुष ४१ हजार ९४४ र महिला ३८ हजार ४७२ मतदाता छन् । जिल्ला निर्वाचन अधिकृत नन्दराम चौलागाईंले निर्वाचनको तयारी तीव्र रुपमा भइरहेको जानकारी दिए । निर्वाचन सुरक्षामा लागि चारवटै सुरक्षा निकायलाई आवश्यकता अनुसार परिचालन हुने जनाइएको छ । प्रमुख जिल्ला अधिकारी रामहरी शर्माले निर्वाचनमा आवश्यकताअनुसार सुरक्षाकर्मी परिचालन हुने बताए । –रासस
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्