काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गठबन्धन भित्रैका मानिसहरुलाई उक्साएर गठबन्धन कमजोर पार्ने कोसिस भएको बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित पाँच दलिय गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै वरिष्ठ नेता पौडेलले गठबन्धनभित्रैका मानिसहरु उक्साएर गठबन्धन कमजोर पार्ने कोसिस भएको बताएका हुन् ।
उनले गठबन्धनलाई कमजोर पार्नु अस्थिरतालाई बलियो बनाउनु भएको बताए । उनले एमाले अध्यक्ष केपी ओलीले निमित्त नायक भएर मुलुकलाई अस्थिरताको भुमरिमा धकेलेको भन्दै ओलीलाई बलियो बनाउन गठबन्धन कमजोर बनाउने खेल भएको पनि बताए । वरिष्ठ नेता पौडेलले प्रतिगामी शक्तिका विरुद्ध प्रगतिशील शक्ति एक हुनुपर्ने बताए । उनले संविधानले नै संयुक्त सरकारको संस्कृति अनिवार्य बनाएको भन्दै वदलिदो व्यवस्था अनुसार आफुलाई परिवर्तन गर्न नेता, कार्यकर्ताहरुलाई आग्रह गरे । वर्तमान गठबन्धन नेपालको संविधानले नै माग गरेको उनले उल्लेख गरे ।
उनले विगतको जस्तो पार्टीहरुका बिचमा सिद्धान्तको लडाइँ नभएकाले देशको मुल समस्यालाई हेरेर एक ठाउँमा हुनुपर्ने बताए । वरिष्ठ नेता पौडेलले गठबन्धनका उम्मेदवारलाई जिताउनका लागि मतदातालाई भोट हाल्न पनि सिकाउन जरुरी रहेको बताए ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्