काठमाडौं । सहरी विकासमन्त्री रामकुमारी झाँक्रीलाई पार्टी नेताको हैसियतमा चुनावी प्रचारप्रसारमा सहभागी हुन निर्वाचन आयोगले अनुमति दिएको छ । झाँक्रीले चुनावी प्रचारप्रसारमा सहभागी हुनका लागि सहमति मागे पछि आयोगले अनुमति दिएको हो ।
उनलाई मन्त्रीको हैसियतमा प्राप्त कुनै पनि सेवा सुविधा प्रयोग नगरी त्यस्ता कार्यक्रममा सहभागी हुन अनुमति दिइएको आयोगले जनाएको छ । निर्वाचन आचारसंहितामा सरकारी पदमा रहेका व्यक्ति पार्टीको चुनावी प्रचारप्रसारमा सहभागी हुन नपाइने उल्लेख छ । उनी सत्तासाझेदार दल नेकपा एकीकृत समाजवादीकी सचिव हुन् ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्