दोलखा । जिल्लाको तामाकोसी गाउँपालिका–२ झुलेमा निर्वाचनलाई प्रभावित बनाउन गैर मतदाता प्रवेश गरेको भन्दै उनीहरूलाई स्थानीयले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका छन् । आइतबार साँझ ६ वटा मोटसाइकलमा निर्वाचन बिथोल्न आएका गैर मतदाताहरुलाई स्थानीयले नियन्त्रणमा लिएका हुन् ।
स्थानीयका अनुसार मतदाता त्रसित पार्न र बुथ कब्जा गर्न प्रवेश गरेका युवाहरुलाई प्रहरीले नियन्त्रणमा लिएको बताएका छन् । निर्वाचन बिथोल्न शंकास्पद रुपमा गाउँ प्रवेश गर्न लागेका युवालाई नियन्त्रणमा लिएको दोलखाका प्रहरी नायव उपरीक्षक गंगाप्रसाद पौडेलले जानकारी दिए । उनीहरुलाई कसैले प्रयोग गरेर भित्र्याएको बारेमा अुनुसन्धान भइरहेको छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्