भरतपुर । भरतपुर महानगरपालिका– ७ कृष्णपुरमा धारिलो हतियार प्रहार गरी एक जनाको हत्या गरिएको छ । भरतपुर महानगरपालिका–७ कृष्णपुरको नगर प्लटिङमा आइतबार साँझ अज्ञात समूहको आक्रमणबाट भरतपुर–१२ मिलनचोक बस्ने अन्दाजी ३० वर्षीय अनिल परियारको मृत्यु भएको हो ।
घाइते परियारको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । कार्यालयका सूचना अधिकारी नरहरि अधिकारीले घटनाको विषयमा अनुसन्धान सुरु गरिएको बताए । –रासस
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्