काठमाडौं । नेपाली कांग्रेसले एमाले अध्यक्ष केपी शर्मा ओलीले झूठ बोलेको आरोप लगाएको छ । सोमबार पार्टी कार्यालयमा आयोजित काउन्टर पत्रकार सम्मेलनमा प्रवक्ता प्रकाश शरण महतले ओली झूठको पुलिन्दा भएको आरोप लगाएका हुन् । उनले ओलीले आइतबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको ६७ बुँदे अपिलमा कांग्रेसलाई गम्भीर आरोप लगाएको बताएका छन् ।
प्रवक्ता महतले नेपाली कांग्रेसले बनाएको नीतिको साउँ र ब्याज खाने पार्टी भएको भन्दै एमाले र त्यसका अध्यक्ष ओलीको चर्को आलोचना गरेका छन् । उनले देशमा हिंसात्मक द्वन्द्व नभएको भए विकासको फड्को मारिसक्ने भन्दै स्थानीय तहको स्वायत्तताको अवधारणा ल्याउने पार्टी पनि कांग्रेस नै भएको दावी गरे ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्