सप्तरी । सप्तरीमा राष्ट्रिय परिचयपत्र दर्तासम्बन्धी सेवा बुधबारदेखि एक साताका लागि स्थगित हुने भएको छ । जिल्ला प्रशासन कार्यालयले आज सूचना जारी गर्दै यही वैशाख २८ देखि जेठ ३ गतेसम्मका लागि राष्ट्रिय परिचयपत्र दर्तासम्बन्धी सेवा स्थगित गरिएको जानकारी दिएको हो ।
स्थानीय तहको निर्वाचन कार्यमा कार्यालयका कर्मचारी खटिने भएकाले राष्ट्रिय परिचयपत्र दर्तासम्बन्धी सेवा स्थगन गरिएको प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले बताए । –रासस
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्