कञ्चनपुर । स्थानीय तहको निर्वाचनलाई लक्षित गरी जिल्लामा मादकपदार्थ बिक्री वितरण तथा सेवनमा रोक लगाइएको छ । सहायक प्रमुख जिल्ला अधिकारी अशोककुमार भण्डारीका अनुसार आसन्न निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भयरहित र शान्तिपूर्ण रुपमा सम्पन्न गर्नका लागि आजदेखि निर्वाचनको अन्तिम परिणाम घोषणा नभएसम्मका लागि मादकपदार्थको ओसारपसार, बिक्री वितरणमा रोक लगाइएको हो ।
निर्वाचन सुरक्षा व्यवस्थापन निर्देशिका २०७८ को दफा ६(घ) एवं जिल्ला सुरक्षा समिति कञ्चनपुरको निर्णय अनुसार मादक पदार्थको ओसारपसार, बिक्री वितरणमा रोक लगाइएको छ । नियम विपरीत कार्य गरिएको पाइए प्रचलित कानुन अनुसार कारबाही हुनेसमेत जनाइएको छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्