काठमाडौं । नेपाल कृषि अनुसन्धान परिषद्ले कृषि जैविक विविधतालाई संरक्षण गर्न हालसम्म ३०० बालीका १८ हजारभन्दा बढी जातलाई संरक्षण गरेको छ । धान, मकै, गहुँलगायत बाली संरक्षण गरेको परिषद्ले रैथाने बालीको संरक्षण, संवद्र्धन, उपयोग तथा जातीय विकास गर्ने नीति अवलम्बन गरेको छ ।
बढ्दो खाद्यान्न तथा कृषिजन्य वस्तुको आयात र खाद्यन्न सुरक्षाका दृष्टिकोणले खाद्यान्न बालीको अनुसन्धानलाई प्राथमिकतामा राख्दै धान, मकै, गहुँ तथा आलुमा बढी उत्पादन दिने, जलवायु परिवर्तन अनकुलन, रोग, किरा अवरोधक विभिन्न नयाँ जातको बालीको विकास गरिएको परिषद्का कार्यकारी निर्देशक डा दीपक भण्डारीले जानकारी दिए ।
धान, मकै र गहुँको क्षेत्रफल क्रमशः २६ र १९ प्रतिशतले वृद्धि भएको छ भने यी बालीको उत्पादनमा क्रमशः ६०, १२० र १४० प्रतिशतले वृद्धि भएको परिषद्ले जनाएको छ । मुलुकमा खेती गहुँको कूल क्षेत्रफलको ९४ प्रतिशत क्षेत्रफलमा परिषद्बाट विकसित भएका जात लगाउने गरिन्छ । यो जातीय परिवर्तनले मात्र मुलुकलाई करिब वार्षिक रु १७ अर्बको आर्थिक योगदान पुग्ने विश्वास गरिएको छ । –रासस
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
मेरो एउटा कुरा छ
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल

प्रतिक्रिया दिनुहोस्