ललितपुर । जिल्लाका छ पालिकामध्ये चार पालिकामा मतगणना सुरु भएको छ भने दुई पालिकामा सुरु गर्ने तयारी गरिएको छ । ललितपुर महानगरपालिकामा ७ बजेदेखि सर्वदलीय बैठक सुरु भएको छ । सो बैठक सकेर मतगणना सुरु हुने जिल्ला निर्वाचन अधिकृत गोमा धमला घिमिरेले जानकारी दिए । गोदावरी नगरपालिकामा गएराति १ बजेदेखि मतगणना सुरु भएको थियो ।
जिल्लाका दक्षिणी भेगमा पर्ने बागमती , कोञ्जेसोम र महाङ्काल गाउँपालिकामा गएराति अबेरदेखि नै मतगणना सुरु भएको बताइएको छ । महालक्ष्मी नगरपालिकामा आज ११ बजेदेखि मात्रै गणना सुरु हुने भएको छ । राति बसेको सर्वदलीय बैठकले सो निर्णय गरेको थियो । –रासस
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्