बाँके । बाँकेको नेपालगञ्ज उपमहानगरपालिकामा मतगणना सुरु भएको छ । सर्वदलीय बैठकको निर्णय अनुसार मतगणना सुरु भएको बाँकेका जिल्ला निर्वाचन अधिकारी रमा अर्यालले जानकारी दिए । उनका अनुसार जिल्लाको जानकी गाउँपालिका, खजुरा, बैजनाथ, नरेनापुर र राप्ती सोनारी गाउँपालिकामा बिहानदेखि मतगणना सुरु भएको छ । बाँकेमा ६५ प्रतिशत मतदान भएको थियो ।
एक उपमहानगरपालिका, ६ गाउँपालिका रहेको जिल्लामा बाँकेका आठ स्थानीय तहमा तीन लाख २९ हजार ४७३ मतदाता रहेका छन् । बाँकेका आठ स्थानीय तहमा १३६ मतदानस्थल र ३७९ मतदान केन्द्र रहेका थिए । –रासस
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्