काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयर पदका उम्मेदवार बालेन साहले १२ सय मतको फरकमा अग्रता कायम गरेका छन् । उनले २ हजार ६ सय १ मत पाएरे अग्रता कायम गरेका हुन् । आइतबार राष्ट्रियसभा गृहमा भइरहेको मतगणनामा उनले दोस्रो स्थानमा रहेका नेकपा एमालेका उम्मेदवार केशव स्थापितले भन्दा करिब १२ सय मत बढी पाएका छन् ।
स्थापितले १४१५ र नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले १३५९ मत पाएकी छन् । हाल काठमाडौं महानगरपालिकाको वडा नम्बर १, २, ३, ४ र ३२ को मतगणना चलिरहेको छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्