पाल्पा । पाल्पाको रिब्दीकोट गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका नारायणबहादुर कार्की पाँच हजार ७०४ मत सहित विजयी भएका छन् । उनका प्रतिस्पर्धी नेकपा एमालेका निवर्तमान गाउँपालिका अध्यक्ष नारायणबहादुर जिसीले चार हजार ७२६ मत प्राप्त गरेका छन् ।
उपाध्यक्षमा नेपाली कांग्रेसकी कान्ता अधिकारीले पाँच हजार ४७९ मत ल्याएर निर्वाचित भएका छन् । अधिकारीको प्रतिस्पर्धी एमालेकी लक्ष्मी खनालले चार हजार ९२६ मत प्राप्त गरेका छन् । यस पालिकामा २०७४ को निर्वाचनमा एमालेले अध्यक्ष र उपाध्यक्ष दुवै जितेको थियो । यहाँ १६ हजार ३९५ मतदाता रहेकोमा गत वैशाख ३० गते भएको निर्वाचनमा ११ हजार २५९ मत खसेको थियो ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्