Skip to content

काठमाडौंमा ४३ हजार ६४८ मतगणना गर्दा बालेन ८ हजार ११५ मतले अगाडि, सिंह स्थापितभन्दा ९३५ मतले पछाडि

कालोपाटी

४ वर्ष अगाडि

काठमाडौं । काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह बालेनले ४३ हजार ६४८ मतगणना गर्दा बालेन्द्रले १७ हजार ३१ मत पाएका छन् । नेकपा एमालेका उम्मेदवार स्थापितले ८ हजार ८७६ मत पाएका हुन् । उनीहरुबीचको मत अन्तर छ । नेकपा एमालेका उम्मेदवार केशव स्थापितभन्दा बालेन ८ हजार १ सय १५ मत अन्तरले अग्रता लिएका छन् ।

तेस्रो स्थानमा रहेकी नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले ७ हजार ९४१ मत पाएकी छन् । सिर्जना सिंह एमालेका केशव स्थापितभन्दा ९३५ मतले पछाडि छिन् ।

प्रतिक्रिया दिनुहोस्