पर्सा । प्रहरीले २३ वर्षीय युवकको हत्याको अभियोगमा एक जनालाई पक्राउ गरेको छ । पर्साको ठोरी गाउँपालिका– ५ ठूलो बाघमोर्चा बस्ने वर्ष २३ का प्रवीण पाख्रिनको हत्या आरोपमा १७ वर्षीय एक युवकलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले जानकारी दिए ।
पक्राउ गरिएकाको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन । हालसम्मको अनुसन्धानबाट खुलेका अन्य तीन फरार रहेकाले उनीहरूको खोजतलास भइरहेको प्रहरीले जनाएको हो । गत जेठ ६ गते ठोरी गाउँपालिका– ५ बाघमोर्चा मन्दिरको छेउमा अज्ञात व्यक्तिले ढुङ्गाले टाउँको र अनुहार समेतमा प्रहार गरी बेहोस् भएका पाख्रिनको वीरगञ्जस्थित एलएस न्यूरो हस्पिटलमा उपचारका क्रममा आइताबार मत्यु भएको थियो ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्