काठमाडौं । गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको मतगणनाअन्तर्गत अब २६ पालिकाको अन्तिम मतपरिणाम सार्वजनिक हुन बाँकी रहेको छ । बढी मतदाता रहेका काठमाडौँ, ललितपुर, पोखरा, भरतपुर, वीरगञ्ज, महानगरपालिकासहित २६ पालिकाको परिणाम आउन बाँकी छ ।
निर्वाचन आयोगको सूचना प्रणालीमा आज मध्यान्ह १२ बजेसम्ममा २६९ नगरपालिका र ४५८ गाउँपालिका गरी ७२७ स्थानीय तहको अन्तिम परिणाम प्रविष्ट भइसकेको छ । कूल ७५३ पालिकामध्ये करिब ९५ प्रतिशत पालिकाको परिणाम आइसकेको हो । आयोगले यही जेठ १० गतेभित्र सबै स्थानको मतपरिणाम आउने विश्वास व्यक्त गरेको थियो ।
उदयपुरको त्रियुगा नगरपालिका–१२ र बाजुराको बूढीगङ्गा नगरपालिकाको मतदानबारे राजनीतिक विवाद उत्पन्न भएकाले आयोगको निर्णयपछि मतगणना वा पुनः मतदान हुनेछ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्