काठमाडौं । सरकारले अन्तर प्रदेश चल्ने सार्वजनिक यातायातमा भाडा पुनः वृद्धि गरेको छ । यसअघि भाडा बढेको एक सातामै पुनः भाडादर वृद्धि भएको हो । यात्रुवाहक सवारीसाधनमा दुई दशमलव एक प्रतिशत भाडा बढाइएको हो ।
गत साता भाडादर निर्धारण गर्दाको भन्दा अहिले डिजेल प्रतिलिटर रु १० वृद्धि भएपछि त्यसैका आधारमा भाडादर बढाउने निर्णय भएको यातायात व्यवस्था विभागले जनाएको छ । पहाडी बाटोमा चल्ने मालवाहक सवारीसाधनमा दुई दशमलव एक प्रतिशत र तराईको सडकमा सञ्चालन हुने मालवाहक सवारीसाधनमा तीन प्रतिशत भाडा बढाइएको छ ।
वैज्ञानिक भाडा समायोजन प्रणालीमा इन्धनको मूल्य पाँच प्रतिशत वा सोभन्दा बढीले घटेमा वा बढेमा स्वचालित रुपमा भाडादर परिवर्तन हुने उल्लेख छ । पछिल्लो पटक यही जेठ ४ गते भाडादर समायोजन गरिएका थिए । त्यतिबेला डिजेलको मूल्य रु १५३ रहेकामा हाल रु १६३ कायम भएको छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्