काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडीहरुको तलब १० हजारका दरले बढेको छ । क्यानले राष्ट्रिय खेलाडीहरुलाई ए, बी र सी ग्रेडमा राखेको छ । सोही अनुसार मासिक पारिश्रमिक दिने गरेको छ । क्यानले महिला राष्ट्रिय क्रिकेट टिमको ग्रेड सी मा रहेका खेलाडीहरुको मासिक पारिश्रमिक ५ हजार, बी र ए ग्रेडमा रहेका खेलाडीहरूको मासिक पारिश्रमिक ६ हजारले बढाएको छ ।
त्यसै गरी, सम्पूर्ण मैदान कर्मचारीहरूको मासिक पारिश्रमिक ३ हजारले, मैदान कार्यालय सहयोगीको मासिक पारिश्रमिक ५ हजारले वृद्धि गरेको छ । त्रिवि क्रिकेट मैदान पिच क्युरेटरको मासिक पारिश्रमिक ६ हजारले वृद्धि गरिएको छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्