भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिकामा खानेपानी योजना सञ्चालन हुने भएको छ । चाँगुनारायण नपा–९ ताथली चापाटोलमा करिब आठ करोड बराबरको खानेपानी योजना सञ्चालन हुने भएको हो । स्थानीय समुदायलाई खानेपानी सहज बनाउन स्थानीय उपभोक्ता समितिमार्फत योजनाको काम गर्न लागेको नगरपालिका वडाध्यक्ष गणेश त्यातले जानकारी दिए ।
अध्यक्ष त्यातले आजै डिपबोरिङको उद्घाटन गरी विगत लामो समयदेखि खानेपानीको चरम समस्या भोग्दै आएका ताथली नालाछापवासीको लागि सहज रुपमा खानेपानीको सुविधा दिन सञ्चालनमा ल्याइएको बताए । उपभोक्ता समितिका अध्यक्ष राजेन्द्र्र थापाले विगत लामो समयदेखि खानेपानीको समस्या भोग्दै आएका ताथली नालाछापबासीका लागि सहज सुलभ तरिकाबाट खानेपानीको सुविधा दिन यो योजना सञ्चालनमा ल्याएको बताए । उनले योजनाका लागि वडा र नगरपालिकाबाट समेत आवश्यक बजेट विनियोजन गनुपर्ने बताए । –रासस
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्