सप्तरी । सप्तरीमा एक महिलालाई जिउँदै जलाएर हत्या गरेका अभियोगमा उनकै देवर सोमबार पक्राउ परेका छन् । पक्राउ पर्नेमा बोदे बर्साइन नगरपालिका–१ धनगढीका २१ वर्षीय परमेश्वर साह रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
घटनापछि फरार रहेका आरोपित केही दिनदेखि घरमै बस्न थालेको सूचना पाएपछि प्रहरीले परमेश्वरलाई पक्राउ गरेको जनाइएको छ । उनलाई गत माघ २१ गते खाना पकाइरहेकी २७ वर्षीया राजकुमारी साहलाई शरीरमा पेट्रोल छर्केर आगो लगाएको अभियोग लगाइएको छ । आगोमा जलेर गम्भीर घाइते भएकी राजकुमारीको उपचारका क्रममा माघ २२ गते विराटनगरमा मृत्यु भएको थियो । –रासस
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्