Skip to content

घाँस काट्न गएकी १४ वर्षीया बालिकाको करणी गरेको अभियोगमा एक जना पक्राउ

कालोपाटी

४ वर्ष अगाडि

कैलाली । १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना प्रकाउ परेका छन् । चुरे गाउँपालिका ६ बयला बस्ने २६ वर्षीय दोगेन्द्र बिष्टलाई प्रहरीले पक्राउ गरेको हो ।

बिष्टले ती बालिकालाई आफ्नै खेतबारीमा घाँस काट्ने क्रममा जबरजस्ती करणी गरी फरार भएको भन्ने खबर प्राप्त हुनासाथ बिहिबार पक्राउ गरेको हो । ईलाका प्रहरी कार्यालय फल्टुडेबाट खटिएको प्रहरीले बिष्टलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्