काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री प्रेम आलेले आफू अन्तिमसम्म नेकपा एकीकृत समाजवादी मा रहने बताएका छन् । उनले विरोधीले आफू एमालेमा जाने हल्ला चलाए पनि आफू अन्तिमसम्म माधव नेपालको साथ नछोड्ने स्पष्ट पारेका हुन् । मन्त्रीबाट बाहिरिएपछि पार्टी निर्माणमा सक्रिय रहने उनी बताउँछन् ।
भन्छन् “पार्टी अध्यक्ष माधवकुमार नेपालले पहिल्यै ६ महिनामा फिर्ता आउनुपर्छ भनेका थिए । त्यहीअनुसार फिर्ता हुनुपरेको हो । मैले काम गर्न खोजेँ । कतिपय कामहरु कानुनी झमेलाका कारण ढिलो भए । आँटेका काम पूरा गर्न नसकेकोमा आत्मग्लानी छ । तर, अन्य मन्त्रीले अब कसरी काम गर्छन् । त्यसलाई म हेर्छु । वाच गरेर बस्छु ।” पार्टीले सरकारमा सहभागी मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेपछि मन्त्री आले असन्तृष्ट रहेको चर्चा बाहिर आएको थियो ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्