काठमाडौं । सरकारले आइतबार दिँदै आएको सार्वजनिक बिदा खारेज गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले असार १ देखि लागू हुने गरी आइतबारको बिदा खारेज गर्ने भएको हो ।
सरकारले गत वैशाख २६ गते बसेको मन्त्रिरिषद बैठकले पेट्रोलियम पदार्थको खपत कम गर्न भन्दै परीक्षणका रुपमा जेठ १ देखि शनिबार र आइतबार दुई दिन सार्वजनिक विदा दिँदै आएको थियो । तर सार्वजनिक सेवा प्रवाहमा आइतबारे बिदाले समस्या निम्त्याएको र अपेक्षा गरेअनुसार पेट्रोलियम पदार्थको खपतमा कमी ल्याउन नसकेको देखिएपछि बिदा फिर्ता लिइएको अर्थमन्त्री जनार्दन शर्माले जानकारी दिए ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्