Skip to content

धनुषामा १७ जेठ देखि हराएका ६ बर्षीय बालक मृत अवस्थामा फेला

कालोपाटी

४ वर्ष अगाडि

धनुषा । धनुषामा १७ जेठ देखि हराइरहेका ६ बर्षीय बालक मृत अवस्थामा फेला परेका छन् । जिल्ला प्रहरी कर्यालय धनुषाका प्रवक्ता डीएसपी प्रदीपबहादुर क्षेत्रीका अनुसार राँकी बरही जनकपुरधाम उपमहानगरपालिका २२ बसहियास्थित दूधमती नदी छेउमा बालकको शव सडेको अवस्थामा फेला परेको हो ।

मृत बालकको शवलाई पोष्टमार्टमका लागि काठमाडौं लैजाने तयारी भइरहेको उनले बताए । सर्लाहीको कविलासी नगरपालिका ७ घर भएका घुमन्ते समुदायका बालकको परिवार केही दिनयता जनकपुरधाम उपमहानगरपालिका–८ मा त्रिपाल टाँगेर बस्दै आएको थिए ।

प्रतिक्रिया दिनुहोस्