काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री प्रेमबहादुर आलेले अरूभन्दा भिन्न स्वरुपको विश्वरुप मन्दिर पुनःनिर्माण गरी देश विदेशका पर्यटकका लागि आकर्षण गर्न सकिने बताएका छन् । विश्वरुप मन्दिरको पुनःनिर्माणको आज शिलान्यास गर्दै आलेले यस्तो बताएबा हुन् । कामेश्वर र कामेश्वरी आलिङ्गन गरेको अवस्थामा रहेको मूर्ति भएकाले यस्तो मूर्ति हेर्न देश विदेशका धार्मिक पर्यटकको यहाँ भीड लाग्ने उनको भनाइ थियो ।
“पशुपति क्षेत्रमा बग्ने पानीलाई स्वच्छ बनाउन मैले पहिले पनि कोषलाई निर्देशन दिएको थिएँ, पशुपति क्षेत्रमा रहेको क्रियापुत्रीका लागि जाडोमा तातो र गर्मीमा चिसो पानीको व्यवस्था गर्न पनि मैले निर्देशन दिइसकेको छु, कोषले यसको कार्यान्वयन गरोस्, पशुपति क्षेत्रको वाग्मतीलाई कसरी स्वच्छ बनाउने भन्ने विषयमा यही जेठ २९ गते हुने कोष सञ्चालक परिषद्को बैठकमा छलफल हुनेछ,” मन्त्री आलेले भने ।
पशुपति क्षेत्रको ५३४ रोपनी जग्गामध्येमा अतिक्रमण भएर ५०६ रोपनी मात्र बाँकी रहेकाले अतिक्रमित जग्गा फिर्ता ल्याउन पहल गर्ने उनले प्रतिबद्धता व्यक्त गरे । नेपाल–भारत मैत्री पशुपति धर्मशाला भक्तजनका लागि निर्माण गरिएकाले यहाँ बतास कम्पनीलाई होटल चलाउन नदिने मन्त्री आलेको भनाइ छ । कोषको नाममा गोठाटारमा रहेको जग्गा पनि अतिक्रमण भएकाले अतिक्रमणकारीलाई कार्बाही गरिने कोषले जनाएको छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
मेरो एउटा कुरा छ
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल

प्रतिक्रिया दिनुहोस्