झापा । झापा कारागारका कैदीबन्दीलाई शैक्षिक सामग्री हस्तान्तरण गरिएको छ । जिल्ला समन्वय समितिको पहलमा उनीहरुलाई शैक्षिक सामग्री उपलब्ध गराइएको हो । उक्त सामग्री जिसस प्रमुख सोमनाथ पोर्तेल, प्रमुख जिल्ला अधिकारी छविलाल रिजाल, जिल्ला शिक्षा तथा समन्वय एकाइ समितिका प्रमुख राजकुमार विश्वकर्मालगायतले हस्तान्तरण गरे ।
कैदीबन्दीलाई साक्षर बनाउने उद्देश्यले सो सामग्री हस्तान्तरण गरिएको जिसस प्रमुख पोर्तेलले बताए । प्रजिअ रिजालले कैदीबन्दीको बाँकी समय त्यसै खेर फाल्नबाट जोगाउन सामग्री उपलब्ध गराएको बताउनुभयो । कारागारमा हाल एक हजार ३०० भन्दा बढी कैदीबन्दी छन् । उनीहरुमध्ये झण्डै ४०० जना निरक्षर रहेको बन्दी पुस्कालयका सचिव रमेश पोखरेलले जानकारी दिए । –रासस
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्