बागलुङ । बागलुङको गलकोटमा बाढी आउँदा नरेठाँटी बजार उच्च जोखिममा परेको छ । गलकोट नगरपालिका–२ नकटेखोलाको बाढी नरेठाँटी बजारमा पस्दा ३५ घर उच्च जोखिममा परेको वडाध्यक्ष हिमबहादुर भण्डारीले जानकारी दिए । आज साँझदेखि रातभर परेको भीषण वर्षाका कारण जसपुरबाट झरेको पहिरो नकटेखोलमा आउँदा नरेठाँटी बजार उच्च जोखिममा परेको उनको भनाइ थियो ।
बाढीको त्रासले स्थानीयवासी रातभर जागराम बसेका थिए । नकटेखोलाको कटानले तटीय क्षेत्रका घरसमेत जोखिममा परेको थियो । “नरेठाँटी बजार नै बाढीको जोखिममा छ, हिजो साँझदेखि परेको भारी वर्षाले नकटेखोलामा बाढी आयो, यसले यहाँका थुप्रै घर जोखिममा परेका छन्, जसमध्ये उच्च जोखिममा रहेको दुई घरपरिवारलाई सुरक्षित स्थानमा सारेका छौँ, अन्य ४३ घर जोखिममा छ” वडाध्यक्ष भण्डारीले भने “अन्य जोखिममा रहेका घरपारिवारलाई पनि सार्नुपर्ने देखिन्छ ।”
बाढीले महेन्द्र माविको खेल मैदान पुरिएको र विद्यालय समेत जोखिममा परेको छ । रातभर स्थानीयवासीको प्रयास र उपकरण प्रयोग गरी बाढी तर्काउने प्रयास गरिएको थियो अन्यथा बजारनै डुवानमा पर्ने खतरा रहेको वडाध्यक्ष भण्डारीले बताए । नरेठाँटी बजारमाथि जसपुरमा पहिरो गएपछि आएको बाडी बजारमा पसेका कारण केही घरमा क्षति पुयाएको थियो । –रासस
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
मेरो एउटा कुरा छ
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल

प्रतिक्रिया दिनुहोस्